मेला हेर्न गोकुलेश्वर पुगेका ६१ बर्षीय नाथको चौलानी नदीमा बगेर मृत्यु

दार्चुला । चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु भएको छ ।बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न आएका नाथ चौलानी नदीमा बगेका र उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । उहाँको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

health
Leave A Reply

Your email address will not be published.