दार्चुला । बैतडीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । राधा माधव सेवा समिति बैतडी र डिभाइन युथ क्लबको संयुक्त आयोजनामा दशरथचन्द नगरपालिका वडा नं ६ भोडामा शिविर सञ्चालन हुन लागेको हो । यही फागुन १३ गते शनिबारका दिन शिविर सञ्चालन हुने राधा माधव सेवा समिति बैतडीले जनाएको छ ।
शिविरमा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ, दन्तरोग बिशेषज्ञले सेवा दिने समितिले जनाएको छ । यसका साथै शिविरमा समान्य स्वास्थ्य परीक्षण समेत गरिने भएकाले सबैलाई सेवा लिन आग्रह गरिएको छ ।
बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई निशुल्क रुपमा सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको राधा माधव सेवा समितिले जनाएको छ । साथै शिविरमा निशुल्क औषधि समेत वितरण हुने जनाइएको छ ।
