मा वि मिलमिलीमा ६५ दिने बेमौसमि तरकारी खेती तालिम सुरु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन मावि मिलमिलीमा छोटो अवधिको बेमौसमि तरकारी खेती तालिम आज बाट सुरु भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसयिक तालिम परिषद सिटिइभिटी सुदुरपश्चिम प्रदेश कार्यालयबाट सञ्चालित छोटो अवधिको बेमौसमि तरकारी खेती तालिम आज बाट सुरु भएको हो ।

फागुन १० गते बाट सुरु भएको उक्त तालिम ६५ दिन सम्म सञ्चालन हुने विद्यालयका प्राधानाध्यापक विर सिंह खातीले बताउनुभयो । तालिममा २० जना स्थानीयको सहभागीता रहेको छ ।

६५ दिन सम्म सञ्चालन हुने तालिम निशुल्क हुने र प्रतेक दिन तालिममा सहभागीलाई खाजा खर्च उपलब्ध गराईने छ। तालिम पछि सहभागीलाई सिटिइभिटीले प्रमाण पत्र उपलब्ध गराउने विद्यालयमा कार्यरत शिक्षक दिपक खातीले जानकारी दिनुभयो ।

बढ्दो बेराजगारीलाई मध्यनजर गर्दै विद्यालयले तालिमको आयोजना गरेको प्रधानाध्यापक खातीले बताउनुभयो । तालिममा सहभागीलाई बेमौसमी तरकारी खेती सम्बन्धी सम्पुर्ण जानकारी दिइने उहाँले बताउनुभयो ।

health
Leave A Reply

Your email address will not be published.