गायिका विष्णु माझीलाई विभुषण प्रदान गरिने

दार्चुला । गायिका विष्णु माझीलाई विभुषण प्रदान गरिने भएको छ। नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो। विभुषण प्रदान गर्ने सूचिमा उहाँको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। यसपटक विभुषित हुने सम्भवतः उहाँ एक्ली गायिका हुनुहुन्छ।

नायिकामा भने केकी अधिकारी पनि सरकारबाट संविधान दिवसका दिन प्रदान गरिने विभुषणको सुचिमा पर्नुभएको छ। संविधान दिवस २०७८ का अवसरमा नायिका अधिकारीसहित नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभुषण प्रदान गरिने भएको छ।

सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.