Naya Sadar
Badar

विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसम्म (सूचीसहित)

Sadar Sano

दार्चुला । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नु भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले विभूषण प्रदान गर्नु भएको हो ।

सरकारले सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्न स्वर्गीय कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमशेर (मरणोपरान्त) लाई र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिएको छ ।

यस्तै, तेस्रो ठूलो विभूषण महाउज्जवल राष्ट्रदीप विभूषण तुलसीलाल अमात्य (मरणोपरान्त), मङ्गलादेवी सिंह (मरणोपरान्त),दुर्गानन्द झा (मरणोपरान्त), नारायण गोपाल (मरणोपरान्त) तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मोहनचन्द्र अधिकारीले पाउनु भएको छ ।

Naya Mat patra

यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.