महाकाली नदीमा बगेर एक युवक बेपत्ता

दार्चुला। महाकाली नदीमा बगेर आइतबार एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन्।

टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला झुलाघाटबाट १ किलोमिटर उत्तरको बाटोबाट महाकाली नदी खसेर बेपत्ता भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो।

उनी कसरी महाकालीमा खसे भन्ने खुलेको छैन। एक्लै घर फर्किरहेका टीकारमा साँघुरो बाटो भएका कारण लडेर महाकालीमा बेपत्ता भएको अनुमान प्रहरीको रहेको छ। बेपत्ता भएका टमाटाको खोजी कार्य जारी रहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.