दार्चुलामा १८ बर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदै

दार्चुला । दार्चुलामा सोमबार (आज) बाट १८ बर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ ।

चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड १९ विरुद्धको भेरोसेल खोपको आजबाट दार्चुलाको हकमा १८ बर्ष माथिका नागरिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो भन्दा पहिला खोप लगाउन छुटेका लक्षित समुह र १८ बर्ष पुगेका सबै नागरिकलाई आज बाट पहिलो मात्राको खोप लगाउन सुरु गरेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

खोप लगाउन जाँदा आफ्नो उमेर र पेसा खुल्ने परिचय पत्र अनिवार्य लिएर जान जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले आग्रह गरेको छ । परिचय पत्र नभएको खण्डमा पालिकाबाट उमेर खुल्ने सिफारिस लिएर जान भनिएको छ ।

आजदेखि सुरुभएको खोप अभियान आउँदो १४ गतेसम्म चल्ने मन्त्रालयले जनाएको छ । अहिले पहिलो डोज लगाएकालाई कार्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो डोज खोप लगाइने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दार्चुला सहित सुदुरपश्चिमको बाजुरामा पनि १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई खोप दिइनेछ।

 

 

 

Leave A Reply

Your email address will not be published.