पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना

दार्चुला । पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परिरहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ । भोलि मधेस प्रदेशका एकर दुई ठाउँमा हावाहुरी चल्ने अनुमानसमेत रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.