दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ दुवेडीका अन्दाजी १५ बर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ बर्षीया मीना खत्री र ३० बर्षीय कुमार खत्री घाइते भएका छन् । मीना र नरेश आमा छोरा हुन् ।

सोमबार साँझ साढे ६ बजेतिर खेतमा काम गरिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो । चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङबाट घाइते भएका तीनैजनालाई गोकुलेश्वर अस्पताल पुर्याउँदा नरेश खत्रीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.