दार्चुला । दार्चुलामा विद्युत लाईनमा बेला बेला आइरहने समस्याले विद्युत अवरुद्ध हुदा समस्या भएको छ। सामान्य हावा चल्ने वित्तिक्कै १८ २० घण्टा सम्म लाईन अवरुद्ध भइरहने हुँदा समस्या भएको हो ।
विद्युत लाईन व्यवस्थित नहुदा सामान्य हावा पानीले समेत १८ -२० घण्टा सम्म विद्युत अवरुद्ध हुदा स्थानीय नागरिक हैरान भएका छन। बेला बेला विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न माग गरे पनि विद्युत प्राधिकरण कार्यालय दार्चुलाले झारो टाल्ने काम गर्ने गरेको छ।
सामान्य अवरुद्ध भएको लाईन समेत मर्मत गर्न घण्टौ समय लाग्ने गरेको छ। लाइन अवरुद्ध हँदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउन नसकिएको स्थानीले बताएका छन्।
प्राय जसो अवरुद्ध भइरहने विद्युत लाईनले जिल्लाका बैंक, सरकारी कार्यालय तथा एफ एम रेडियो सञ्चालनमा समेत समस्या भएको छ। जिल्लाको विद्युत सेवा एक हप्ता यता प्राय अनियमित रहेको छ। पुर्व सूचना विनै १८-२० घण्टा सम्म लगातार विद्युत सेवा अवरुद्ध हुँदा समस्या हुने गरेको छ।
विद्युत वितरण केन्द्र दार्चुला संग अवरुद्ध विद्युत सम्बन्धी जानकारी माग्दा समेत स्पष्ट जफाव पाईदैन । १० मिनेटमा लाइन सञ्चालन हुन्छ भन्छन १० घण्टा सम्म लाईन आउदैन एक जना स्थानीय कमल सिंह धामीले भन्नुभयो ।
विद्युत लाईन अवरुद्ध हुँदा विद्युतबाट कामकाज हुने बैंक, वित्तिय संस्थाहरु तथा सञ्चार माध्यमहरुको समेत सेवा प्रभावित हुने गरेको छ ।
मंगरबार दिउसो देखी अवरुद्ध भएको विद्युत लाईन बुधबार अपरान्ह ४ बजे सम्म सञ्चालन हुन सकेको छैन । फिल्डमा रहेका कर्मचारीका अनुसार धाप देखी मालिकार्जुन सम्मको लाईनमा फल्ट रहेको बताइएको छ।