शिखर पूजन जात्राको अवसरमा आइतबार दार्चुलाका दुई स्थानीय तहमा सार्वजनिक बिदा
आइतबार (भोलि) शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले एक सुचना जारी गदैँ आइतबार सार्वजनिक बिदा दिने जनाएका हुन । मालिकार्जुन गाउँपालिका वडा –३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन र शैल्यशिखर नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएका हुन् ।
जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पूजन जात्रा लाग्ने गर्दछ । हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेकापुरुषले १५ दिन अघि नै चोखो भोको भएर जाने प्रचलन रहेको छ ।
यो वर्ष असार १७ गते शैल्य मालिकार्जुन शिखर धुरामा पुजन जात्रा लाग्दै छ । सो जात्राको अवसरमा नगरपालिका र गाउँपालिकाले सार्वजनिक विदा दिएको बताएका छन । सार्वजनिक बिदाका दिन सम्पुर्ण सरकारी कार्यालय बन्द रहने स्थानीय तह द्धारा जारी गरिएका सुचनामा उल्लेख गरिएको छ ।
यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाले समेत शुक्रबार एक सुचना सार्वजनि गदैँ १७ गते आइतबारका दिन सार्वजनिक विदा दिएको जनाएको छ । शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको स्थानीयवासी बताउँछन् ।