धामी क्षेत्री समाज द्वारा फलफुल बितरण

शैल्य मालिकार्जुन शिखर जात्राको अबसरमा धामी क्षेत्री समाज दार्चुलाले श्रद्धालु भक्तजन लाई निशुल्क रुपमा फलफुल बितरण गरेको छ।
धामी क्षेत्री उत्थान तथा विकास समाज दार्चुलाको आयोजनामा मालिकार्जुन मन्दिर परिषरमा शिखर धामबाट फर्किएका भक्तजनहरुलाई फलफुल वितरण गरिएको मालिकार्जुन गाउँपालिका ३ का वडा सदस्य पदम सिंह धामीले बताउनु भयो।
धामी क्षेत्री समाज दार्चुलाले प्रत्येक वर्ष शैल्य शिखर पुजन जात्राको अबसरमा जात्रामा पाल्नुहुने श्रद्धालु भक्तजनलाई निशुल्क फलफुल वितरण गर्दै आएको छ।

शैल्यशिखर धामबाट फर्किएका १ हजार १५ जना भक्तजनहरुलाई केरा आँप स्याउ बितरण गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनु भयो।
शिखर धाम बाट पहिलो चरणमा फर्केका भक्तजनहरुलाई अध्यक्ष धामीले फलफुल वितरण गरेका थिए ।
फलफुल वितरणका लागि विभिन्न व्यक्तिहरुले नगद सहयोग गरेको वडासदस्य धामीले बताउनु भयो।

health
Leave A Reply

Your email address will not be published.