पहिरो खस्दा महाकाली लोकमार्ग अबरुद्ध

दार्चुला-  गएराती परेको पानीको कारण महाकाली लोकमार्ग को खलंगा गोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाज देखि ऐरिछाना सम्म पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सडक अबरुद्ध हुदा यातायात साधनहरु सञ्चालनमा अवरोध शृजना भएको छ ।
लोकमार्गको बिभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ । पहिराको कारण ।मङ्गलबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं जाने बसहरु सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका छन।

पटक पटक पहिरोको कारण अबरुद्ध हुने लोकमार्ग मा छोटो दुरीका सवारी साधनहरुसमेत सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

बिहानै देखि डिभिजन सडक बैतडी पाटनको लोडरले पहिरो सफाई गरिरहेको भएपनि लगातार परिरहेको बर्षाका कारण अबरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक बिभाग का सुपरभाइजर राजेन्द्र सिंह धामीले जानकारी दिनु भयो।

Leave A Reply

Your email address will not be published.