धौलीगंगाको बाध खोलिदै: सतर्कता अपनाउन आग्रह

दार्चुला :  –भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजना बाँधका ढोकाहरु १५ घण्टा सम्म खोलिने भएका छन् । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाईको कार्यका लागि साउन ४ गते बिहान ५ बजे देखि बुलुकी ८ बजे सम्म बाँधका ढोकाहरु खोलिन लागिएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले जानकारी दिनु भयो।
उहाँले भन्नू भयो उक्त समयमा नदी किनारमा नजान तथा सावधानी अपनाउन आग्रह गरेका छौ।

 

 

Leave A Reply

Your email address will not be published.