बाढीले  बगाउदा ट्रयाक्टर चालक बेपत्ता

बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् ।
मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
कोल्टीबाट मार्तडी आउँदै गरेको ट्रयाक्टर खोलामा ढुङ्गामा अड्किए पनि चालक चौधरी भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । अहिले बेपत्ता चालक चौधरीको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Leave A Reply

Your email address will not be published.