दार्चुला:- व्याँस गाउँपालिकालाई सदरमुकाम खलंगासम्म जोड्ने एकमात्र सडक दार्चुला–टिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन खेतबारीमै कुहिन थालेको छ ।
मङ्गलबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै ब्यास गाउँपालिका अध्यक्ष मङ्गल सिंह धामीले उत्पादित आलु खलंगा सम्म ल्याउन समस्या छ, गाउँ पालिका संग कोल्ड स्टोर पनि छैन गाउँले लाई निशुल्क बितरण गर्नु बाहेक अन्य कुनै बिकल्प नरहेको बताउनु भयो।
ब्यास गाउँपालिकामा किसानले व्यक्तिगत तथा समूहमार्फत उत्पादन गरेका कृषि उपजहरु खेतबारीमै कुहिन थालेको जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अकवर सिह धामीले जानकारी दिनु भयो।
सडक संचालनका बिषयमा दार्चुला टिंकर सडकले असार २५ गते नै स्थानिय सरकारहरुलाई आ आफ्नो क्षेत्राधिकार भित्रको सडक अवरुद्ध भए संचालनमा सहयोग गर्न भनी पत्राचार भईसकेको जनाएको छ ।
ठेक्का सम्झौता भई काम चलिरहेको ठाउँमा सडक अवरुद्ध भए सम्वन्धित ठेकेदार कम्पनिले र बाकी क्षेत्रमा स्थानिय सरकारको क्षेत्राधिकार भित्रको सडकमा स्थानिय सरकारले नै सडक संचालन गर्नु पर्ने दार्चुला टिंकर सडक आयोजनाले जनाएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएका कृषि उत्पादनहरु खेतबारीमा कुहिन थालेपछि किसानहरु चिन्तित भएका छन् ।
सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषि उपजहरुको ढुवानीमा समेत सहयोग गर्नुपर्ने ब्याँसका कृषकहरुको भनाई छ।