दार्चुला- बैतडीमा भत्ता बुझेर घर फर्किरहेका एक जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडि बस्ने धनसिंह भण्डारी मृत फेला परेका हुन् ।
७१ वर्षीय भण्डारी ३ र ४ नम्बर वडाको सिमाना पर्ने गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेको बैतडीका प्रहरी निरिक्षक लोकराज जोशिले बताए।
वडा नम्बर ३ स्थित कुलाउँको नविल बैंकबाट बृद्ध भत्ता बुझेर घर फर्किरहेका भण्डारी मृत फेला परेका हुन् ।
बिहान भण्डारी मृत अवस्थामा स्थानीयले देखेपछि गाउँपालिकालाई खबर गरेको उनले बताए । भण्डारीको टाउकोमा चोट लागेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशिको कमाण्डमा खटीएको प्रहरी टोली पनि अहिले घटनास्थल तर्फ गइरहेको छ । घटना सम्बन्धि अनुसन्धान हुने प्रहरी निरिक्षक जोहिले बताए ।