दार्चुलाको नौगाडमा सुचना दिन आनाकानी

दार्चुला :दार्चुलाको नौगाड गाउँपालिकामा स्थानीयले सूचना माग्दा सूचना अधिकारी नै राजिनामा दिएका छन् । साउन १० गते नौगाड गाउँपालिकामा सुचना हकको उपभोग गर्ने उदेश्यले एक जना स्थानीय वीर बहादुर ठगुन्नाले निबेदन पेश गरे, करिब ३ बजे पेश गरिएको निबेदन उपर काम गर्नको सट्टा बेलुकि लगभग ५ बजेतिर सुचना अधिकारी प्रेम राज जोशी राजिनामा दिएका हुन् ।

सुचना अधिकारी जोशीले राजिनामा दिएपनी उनको राजिनामा स्वीकृत नगरी साउन ११ गते प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिह धामी धनगडी गएका थिए ।

११ गते  कार्यालय समयमा नौगाडकै स्थानीय गोबिन्द ठगुन्ना केही बिषयमा जानकारि लिनुपर्ने भएकाले नियमाअनुसार सुचना माग्न जादा सुचना अधिकारिले मैले थप जिम्मेवारीबाट राजिनामा दिएको हु मबाट सुचना प्राप्त गर्न सकिँदैन भनी फिर्ता पठाएको ठगुन्नाले जानकारि दिए ।

पालिका संग को सुचना माग्न जादा अधिकारिले राजिनामा दिनु, राजिनामा स्वीकृत नगरि कार्यालय प्रमुख बाहिर जानु   सुचना माग्दा आनाकानी गर्नुमा  स्थानीयले शंकाको घेरामा राखेका छन् । अर्को सुचना अधिकारी तोक्न कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ जसका लागि असोज भन्दा अगाडि बैठक बस्ने कुनै आधार नदेखिएकाले चलखेल सुरु भएको हुनसक्ने गोबिन्द ठगुन्नाको आरोप छ।

Leave A Reply

Your email address will not be published.