दार्चुला।दार्चुलामा चरेस सहित दुइजना पक्राउ परेका छन।पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका वडा —४ खलंगा बस्ने वर्ष ६६ का मान सिह ठगुन्ना र जिल्लाको नौगाड गाउँपालिका वडा —४ सिप्टी बस्ने वर्ष अन्ताजी ७० का गौर सिह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
गएराती करिब १ बजेतिर शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ गरेको उहाँले बताउनु भयो । प्रहरीले पक्राउ परेका दुबैजनाको साथबाट ६ केजी १ सय ग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख तर्क राज पाण्डेयले बताउनु भयो । उहाँले भन्नू भयो गोप्य सुचनाको आधारमा उनीहरुलाइ पक्राउ गर्न सफल भएका हौ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वर बाट प्रहरी निरक्षक बिरेन्द्र थापाको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना माथि प्रहरीले थप अनुसन्धान गर्न गोकुलेश्वर बाट जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी निरक्षक थापाले बताउनु भयो।
