बाढीका कारण कैलालीका ४६३ घरमा क्षति

कैलाली। सोमवार रातिको वर्षाले कैलालीमा चार सय ६३ घरमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याँक अनुसार जिल्लाका विभिन्न क्षेत्रका चार सय ६३ घरमा बाढीले क्षति भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
उहाका अनुसार सबै भन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सिराधानी शिविरमा एक सय ५० घरमा क्षति भएको छ।

कैलारी गाउँपालिका वडा नम्बर ७ को कटैनी नदीले ८५ घरमा क्षति गरेको छ भने धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा खुटीया नदीले १५ घरमा क्षति पुगाएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ को खैरना खोलाले चैतनपुरमा एक पसलमा क्षति गरेको छ। भजनी नगरपालिका वडा नम्बर २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नम्बर ३ को ढुसीमा ५ घरमा क्षति, जनकपुरमा एक घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घरमा क्षति भएको छ। कैलारी गाउँपालिकाको वडा नम्बर ७ का बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ भने हालसम्म मानबिय क्षती नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.