सुदूरपश्चिमका सात पहाडी जिल्लाको सम्पर्क टुट्यो भिमदत्त राजमार्ग अझै अवरुद्ध,

दार्चुला – अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुलेको छैन ।
यो राजमार्ग अन्तरगत पर्ने कैलालीको गोदावरी नगरपालिका–४ को बुढितोलामा आएको पहिरोसँगै झण्डै दुई सय मिटर सडक भासिएको छ ।
पहिरो पन्छाउने काम भइरहे पनि थप पहिरो खसिरहेकाले कठिनाइ भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जानकारी दिनुभयो ।उहाँका अनुसार आज बुलेकासम्म एकतर्फी भए पनि सडक खुलाउने प्रयास छ । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने सडक सञ्चालनमा आउने सम्भावना छैन ।पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।यात्रु तथा गाडी अलपत्र परेका छन् ।

Leave A Reply

Your email address will not be published.