आँखा पाक्ने रोग लाग्दा फोन वा कम्प्युटर चलाउन हुन्छ कि हुँदैन ?

पछिल्लो समय नेपालमा आँखा पाक्ने रोग आई फ्लुु (कन्जक्टिभाटस) तीब्र गतिमा फैलिएको छ । आँखामा प्रवेश गर्ने एडिनो भाइरसका कारण यो महामारी फैलिने गर्छ । यद्यपि नेपालमा यही भाइरसका कारण कन्जक्टिभाटस फैलिएको भन्ने पुस्टि भइसकेको छैन ।

आईफ्लु हुँदा चिकित्सकले बिरामीलाई आराम गर्न सुझाव दिएका हुन्छन् । त्यस्तो बेला आफूलाई व्यस्त राख्न स्मार्टफोन वा कम्प्युटरको बढी प्रयोग हुन्छ । तर, आईफ्लु हुँदा स्मार्टफोन वा कम्प्युटरमा नचलाउन चिकित्सक हरुले सल्लाह दिएका छन्।

चिकित्सक हरुका अनुसार जतिसक्दो स्क्रिन टाइम घटाउनुपर्छ कति समय हेर्ने भन्ने हार्ड एन्ड पास्ट रुल हुँदैन । सकेसम्म जति कम हेरियो वा जति हेरिएन त्यति नै चाँडो आँखा निको हुन्छ ।

जति चाँडो आँखा पाक्ने रोग सन्चो हुन्छ, त्यति नै आँखामा इन्फेक्सन हुने जोखिम कम हुने छ । आई फ्लु हुँदा आँखा सुन्निन्छ आँखा सुन्निएको अवस्थामा बिरामीलाई हेर्न सकस परिरहेको हुन्छ । त्यस्तो अवस्थामा पनि ब्राइटनेस आवश्यकभन्दा बढी वा कम बनाउँदा आँखालाई बढी चाप पर्छ । आँखालाई बढी चाप परेको छ भने ढिलो सन्चो हुन्छ । त्यसैले भरसक एक हप्तादेखि १० दिनसम्म फोन वा कम्प्युटरबाट टाढै रहन ग्रान्डी अस्पतालको आँखा विभागकी विभागीय प्रमुख डा। इरिना कंसाकारले सुझाव दिनुभयो ।

तर, प्रयोग गर्नै पर्ने अवस्था छ भने स्मार्टफोन वा कम्प्युटरमा हुने आई कम्फर्ट मोडु मा प्रयोग गर्न सकिन्छ । कृत्रिम प्रकाशभन्दा प्राकृतिक प्रकाशमा रहेर काम गर्दा आँखालाई कम चाप पर्ने उनी बताउँछिन् ।

आँखा पाक्ने रोग आँखामा हेर्दैमा सर्दैन । तर, जब बिरामी भएको व्यक्तिले आँखामा छोएर कतै हात राखेको छ र अर्को स्वस्थ व्यक्तिले त्यही हात लिएर आँखामा हात लगाएको छ भने त्यस्तो अवस्थामा सर्छ । त्यसैले आफूले प्रयोग गर्ने स्मार्टफोन वा कम्प्युटर जन्य डिभाइसहरू अलग्याएर राख्न डा। कंशाकारले सुझाव दिएकी छिन् ।

हामीले जानी नजानी दिनमा औसत ५० पटक आँखामा हात लगिरहेका हुन्छौं, उनले भनिन्, त्यही इन्फेक्टेट हात शेयरिङ गर्ने फोन वा अन्य डिभाइसमा लग्दा अरूलाई सर्ने सम्भावना धेरै हुन्छ । त्यसैले आफूले प्रयोग गर्ने कुराहरू छुट्टयाएर राख्नुपर्छ ।

उनले अगाडि भनिन्, आई फ्लु हुँदा आँखालाई बढी आराम दिनुपर्छ । हामीलाई मौसमी रुघाखोकी लागेजस्तै आँखालाई आई फ्लु लागेको हो । रुघाखोकी लाग्दा जति आराम गर्‍यो, त्यति नै छिटो सन्चो हुन्छ । त्यस्तै आँखा पाकेको छ भने पनि आँखाले आराम पाउनुपर्छ ।

Leave A Reply

Your email address will not be published.