बैतडी व्यापारी हत्या प्रकरणः आरोपित चार जना सार्वजनिक

दार्चुला । बैतडीमा व्यापारी कमलसिंह महराको हत्याको आरोपमा पक्राउ गरिएका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। हत्यामाको आरोपमा पक्राउ गरिएका सुर्नयाकै रामबहादुर मडै, हरिशसिंह महरा, रामबहादुर महरा र संकरसिंह महरालाई प्रहरीले सार्वजनिक गरेको हो।

 

७ जना पक्राउ गरिएकोमा ३ जनालाई सामान्य सोधपुछपछि छाडेको प्रहरीले बताएको छ। सार्वजनिक गरिएका ४ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिने बैतडी प्रहरीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.