पहिरो खस्दा बैतडीमा सडक अबरुद्द

दार्चुला। पहिरोको कारण बैतडीमा सडक अवरुद्ध भएको छ।आइतबार राती परेको अविरल वर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको झौलेक र श्रीभावरमा क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

पहिरो पन्छ्याउनका लागि पहिरो खसेको ठाउँमा डोजर पुगिसकेको प्रहरी निरीक्षक जोशीले बताए। पहिरो पन्छ्याउने काम भइरहेकाले सडक सुचारु हुने उनले बताए। राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने सवारी साधन, बैतडीको पुर्चौंडी र सिगास जाने सवारी साधन र बझाङबाट अन्यत्रका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन्।

Leave A Reply

Your email address will not be published.