सुन चोरीको आरोपमा बैतडीमा दुइ जना पक्राउ

दार्चुला :सुनचोरीको आरोपमा बैतडीमा दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउपालिका ५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरक्षक तथा सुचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

उहाका अनुससार स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा दुबैजनालाई नियन्त्रणमा लिइएको हो।

आफ्नो घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर जयानन्द नाथले गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्धा दर्ता भएर अदालतबाट ७ दिनको म्याद थप गरिएको छ । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.