डडेल्धुरामा एक बालिका मृत फेला

दार्चुला। डडेल्धुराको परशुराम नगरपालिका–१२ आमपानीकी १४ वर्षीया अमृता राउटे बुधवार बिहान मृत फेला परेकी हुन्।पारिवारिक श्रोतका अनुसार उनी मंगलवार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी थिइन।

माछा मार्न गएकी अमृता अबेरसम्म घर नआएपछि परिवारले उनको खोजि गरेको थियो। खोजि गर्ने क्रममा उनको शव आज बिहान रंगुन नदीको किनाराको तटबन्धमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगादत्त बडुले बताए। उनका अनुसार बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.