दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका -४ रानिशिखर (ओसिल) का ६ वर्षीय बालक समिर बोहरा बोनम्यारो रोगबाट पिडित भएका छन् । नेपालगन्ज मेडिकल कलेजमा उपचार गरिरहेका समिरको त्यहा उपचार सम्भब नभएपछी उनलाई काठमाडौको ब्लड हस्पिटल जाउलाखेल रिफेर गरिएको थियो ।
पिडित समीरको अहिले ब्लड हस्पिटल जाउलाखेलमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।
मृत्यु सँग लडिरहेका समिरको परिवारिक स्थिति नाजुक भएका कारण आर्थिक सहयोग गरि जीवन रक्षा गरिदिन उनको परिवारले हार्दिक अपिल गरेका छन।
एक बर्षदेखि बोनम्यारो रोगबाट पीडित समिरका बुवा रोजगारीको शिलशिलामा ५ बर्ष अगाडि मलेसिया गएका थिए मलेसिया गएका उनको अहिले सम्म कुनै अत्तोपत्तो नभएको स्थानीय बिसन सिंह बोहरा ले बताए।
उहाँको उपचार गर्दागर्दै जमिन समेत बेच्नु परेको समिरका बाजे कालो बोहरा ले जानकारी दिए।
कतिबेला उनलाई गाह्रो अफ्ठ्यारो महशुस हुन्छ पत्तै हुँदैन । बुबाको अत्तोपत्तो छैन आर्थिक स्थित एकदमै कमजोर छ, जसरी पनि मेरो नातीलाई बचाईदिनुस’ गहभरी आँसु झाँदै कालू बोहराले ‘रुनु बाहेक केहि विकल्प नरहेको बताए।
दैनिकी छाकटार्न धौ–धौ परेको परिवारलाई उपचारको लागी रकम जुटाउन सहज नभएको बताउँछन् ।
स्थानीय बिसन सिंह बोहराले समाजिक संजाल मार्फत समीर बचाउ अभियान नै सुरु गरेका छन् ।उनको उपचारको लागि आर्थिक सहयोगका गर्न सम्पर्क नम्बर ९८४९८४०१३९ मा फोन गर्न अनुरोध गरिएको छ ।
त्यस्तै भरत बोहराको नाममा रहेको NIC ASIA BANK
२५५७०४१४८६९५२४०१ मा आर्थिक सहयोग गर्न अपिल गरेका छन्।