धर्म शास्त्रअनुसार कलियुगको आयू कति ?

दार्चुला – हिन्दु धर्म शास्त्रअनुसार ब्रह्माण्डमा चार वटा युग रहेका छन् । सत्य, त्रेता, द्वापर र कलियुग गरी चार युगमध्ये हामी अहिले अन्तिम युग कलिमा छौं। यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ ।

कलियुगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको श्रृजना हुने विश्वास गरिन्छ । कलियुग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ । कल्किको रुपमा विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनेर धर्म ग्रन्थहरुमा भनिएको छ। कल्कि अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ।

यो अवतार ६४औं कला युक्त हुनेछ । कल्कि पुराणको अनुसार, विष्णुको अवतार कल्किले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापिहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ । त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ ।

Leave A Reply

Your email address will not be published.