सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलोपानी पर्ने सम्भावना

दार्चुला – देशका धेरैजसो पहाडी क्षेत्रमा पानी परिरहेको छ । मनसुन थप सक्रिय भएसँगै हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ ।

भोलि पनि मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार राति भने कोशी, मधेस र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

भोलि कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

Leave A Reply

Your email address will not be published.