गौरालाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

दार्चुला – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बिहीवार गौरा पर्वको अवसरमा काठमाण्डैमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताउनुभयो । सरकारले सुदूरपश्चिमका नागरिकको भावनालाई कदर गर्ने जनाउँदै उहाँले योभन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताउनुभयो ।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताउनुभयो । उहाँले तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमका लागि धेरै काम गरेको दाबी गर्नुभयो । उहाँले सुदूरपश्चिम र कर्णालीका नागरिकको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपाल समृद्धि हुन नसक्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.