दार्चुलाको मार्मा घर भएकी शिक्षिका धनगडीमा मृत फेला

दार्चुला :दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी २२ वर्षीया राजेश्वरी डडाल कैलालीमा मृत फेला परेकी छन् । कैलालीको धनगढीस्थित दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका रहेकी डडाल बिहीवार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा मृत फेला परेकी हुन् ।
उनले सुसाइड नोट लेखेर आत्महत्या गरेको खुल्न आएको छ । यस घटनामा प्रहरीले दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ क्याम्पस मार्माका स्ववियु अध्यक्ष जगदीश सिंह कोट्टारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको बताए ।
मृतक डडाल र स्ववियु अध्यक्ष कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । कोट्टारी बिवाहित पुरुषसमेत हुन् । मृतक डडालका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ मृत अवस्थामा फेला परेकी थिइन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक डडालले लेखेको सुसाइट नोट

Leave A Reply

Your email address will not be published.