दार्चुलाको लेकम क्षेत्रमा आज बिरुडा धोएर नानी गौरा मनाइदै

शुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तरगत व्रतालु महिलाहरुले गौरापर्वको दोस्रो दिन आज ‘बिरुडा’ धुने परम्परा अनुसार आज बिरुडा धोएर नानी गौरा मनाउदै छन ।

बिरुडा पञ्चमीका दिन अर्थात गौराको पहिलो दिन गहत, गुरुँस, मास, गहुँ र केराउ गरी पञ्च अन्नको मिश्रण भिजाईने गरिन्छ, जसलाई “बिरुडा” भन्ने गरिन्छ ।
व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारामा गएर बिरुडा धोइने प्रचलन रहेको सस्कृती बिद देब राज बिस्टले जानकारी दिए।

नानी गौराका दिन सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ ।

गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ। बिरुडा र फलफूल सहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गर्दछन। दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन मानिएको छ।

पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरेको मालिकार्जुन धामका मुखिया धिर्क सिंह धामीले बताउनु भयो।
सुदुरपस्चिमका केहि ठाउमा भाद्र ७ गतेनै गौरापर्ब मनासकेका छन् भने दार्चुलाको शैल्याशिखर नगरपालिका ,महाकाली नगरपालिका, मालिकार्जुन गाउपालिका र लेकम गाउपलिका का पिठहरुमा भाद्र २१ गते गौरापर्ब मनाइने भएको छ ।

Leave A Reply

Your email address will not be published.