अछाममा पानीमा डुबेर एक बालकको ज्यान गयो

दार्चुला । अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको ज्यान गएको छ ।

पानीमा डुबेर ढकारी गाउँपालिका वडा नम्बर १ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ ।

चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर बालकको ज्यान गएको ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जानकारी दिनुभयो ।

स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गर्नु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.