बैतडीमा एक किशोरी मृत फेला

दार्चुला- बैतडीमा एक १९ बर्षीया किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेकी हुन्। घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरक्षक तथा सुचना अधिकारी योगेश खत्रीले बताए ।  शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन्।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारण भने खुलेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.