दुहुँका बाढी प्रभावित परिवारलाई केयर नेपालको राहत सहयोग

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । केयर नेपालको आर्थिक सहयोग तथा मानविय सहायत मञ्च, सिआरडिएस नेपाल, नीड्स नेपाल र दुहुँ गाउँपालिकाको समन्वयमा राहत वितरण गरिएको हो । गत भदौ ५,६ र ७ गतेको बाढी र पहिरो प्रभावित वडा नम्बर २ अफरेका ३२ परिवारलाई राहत वितरण गरिएको सिआरडिएस नेपाल दार्चुलाका शिक्षा तथा संरक्षण अधिकृत उदय बोहराले जानकारी दिए ।

उनका अनुसार राहत सामाग्रीमा प्रेसरकुकर ३ लिटर १ थान, कराई १ थान, डेक्ची १ थान, डाढु, पनियो १/१ थान, थाल/कचौरा ६ वटा, गिलास ७ वटा, प्लास्टिकको बाल्टी, प्लास्टिकको मग २/२ वटा, त्रिपाल १ थान वितरण गरिएको छ । यस्तै सरसफाई सामग्री अन्तर्गत स्यानिटरी प्याड, भित्री कपडा, पेटिकाेट, म्याक्सी, टिसर्ट, धोती/सारी, कटन तौलिया, टर्चलाईट, सिट्टि, लुगाधुने साबुन, काईयो, नेलकटर, ब्रस, दन्तमञ्जन, हातधुने साबुन, स्यानिटाईजर, मास्क र झोला वितरण गरिएको बोहराले बताए ।

राहत वितरण कार्यक्रम दुहु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द सिंह डडालको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष शान्ती बमको प्रमुख आतिथ्यतामा भएको हो । उक्त कार्यक्रममा सिआरडिएस नेपालका कार्यक्रम संयोजक मान सिंह कार्की र शिक्षा तथा संरक्षण अधिकृत उदय बोहराको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.