दार्चुला –दार्चुलाको दुहु गाउँपालिका -३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।
बिहिवार बिहान ११ बजे महाकाली नगरपालिकाको खलंगा बाट दुहु गाउँ पालिका हिकिला तर्फ जादै गरेको से १ ख १२५२ नम्बरको मालबाहक मिनि ट्रक ब्रेक फेल हुदा दार्चुला तिन्कर सडक अन्तर्गत दुहु गाउँ पालिका- ३ राताकाठा भन्ने स्थानबाट करिब ३ सय ५० मिटर तल महाकाली नदि किनारामा खस्दा दुहु गाउँ पालिका ३ ब्रह्मदेब बस्ने अन्दाजी बर्ष ४५ का करन सिंह बोहराको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।
प्रहरीका अनुसार चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आसंका गरिएको छ।
उक्त मिनिट्रकमा मृतक बोहराको खाद्यान्न चामल रहेको इलाका प्रहरी कार्यालय हिकिलाका प्रहरी सहायक निरक्षक सन्त बहादुर पालले बताए।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय हिकिला बाट प्रहरी सहायक निरीक्षक सन्त बहादुर पालको कमान्डमा प्रहरी टोलि खटिएको छ।