पुर्चौडीको मालिका मन्दिरमा ताम्रपत्रको छानो हाल्न चन्दा संकलन गरिदै

 

बैतडी – बैतडीको पुर्चौडी नगरपालिका भटनामा रहेको प्रशिद्ध धार्मिक स्थल मालिका मन्दिरमा ताम्रपत्रको छानो हाल्ने काम भइरहेको छ । मालिका मन्दिरकोे मुख्यपुजा गर्ने ठाउँ गबिउरको छानो पुरानो भएपछि नयाँ छानो ताम्रापत्रको हाल्नको लागि चन्दा संकलन भइरहेको स्थानीय हरिचंद्र भट्टले बताए । मन्दिर ब्यवस्थापन समिति संग बजेट नभएको र स्थानीय र प्रदेश सरकारले पनि अहिलेसम्म सहयोग नगरेकोले चन्दा संकलन गरेर भएपनि मन्दिरको छत हाल्ने काम भइरहेको भट्टले बताए । हामीले स्थानिय तह र प्रदेश सरकारबाट बजेट नपाए पनि स्थानियहरुबाट सक्दो सहयोग मागेर पनि मन्दिरको छत हाल्छौ, उनले भने । विभिन्न ठाउँबाट चन्दा संकलन भईरहेको उनको भनाइ छ । अहिलेसम्म १ लाख ५० हजार सम्म चन्दा संकलन भईसकेको चन्दा संकलन समिति अध्यक्ष भरत भट्टले बताए । अझै चन्दा उठ्ने विश्रास गरेका छौ देश विदेशमा भएकाहरुले पनि आफुखुशी सहयोग गरिदिनहुन अपिल छ, उनले भने ।

Leave A Reply

Your email address will not be published.