मिनिट्रकमा बालिकामाथि करणी, बैतडीबाट चालक पक्राउ

 

बैतडी – मिनिट्रकमा सवार बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा बैतडीबाट मिनिट्रकसहित चालक पक्राउ परेका छन् ।
महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रक र सोही ट्रकका चालक मेलौली नगरपालिका -७ का महेश ओझालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
सोही मिनिट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेका मिनिट्रक चालक ओझालाई पाटन नगरपालिका -६ हिरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।करणीमा परेकी ती किशोरी अत्तरियाबाट बैतडी आउने भन्दै मिनिट्रकमा बसेकी थिइन् । बिहिबार राती बुडरमा बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको भन्दै ती बालिकाले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको बुझिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.