दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा पालिका अधिवेशन भएको छ। जिल्लाको सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ।
कार्यसमतिको उपसभापतिमा करबीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका मतदान अधिकृत कुँवरले बताए। यसैगरि शिवनाथ गाउँपालिकाको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीर बहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका छन्।
जिल्लाको पञ्चेश्वर गाउँपालिकाको कार्यसमिति पनि सर्व सम्मतिमै चयन भएको छ। गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द चयन भएकाछन् भने उप–सभापतिमा धिराज चन्द र जमनसिंह साउद चयन भएका छन्। सचिवमा गजेन्द्र चन्द र टंक प्रशाद तिवारी चयन भएकाछन् भने, सह–सचिवमा बीर बहादुर चन्द र बिरेन्द्र भण्डारी चयन भएको युवानेता प्रकाश चन्दले बताए।
जिल्ला सदरमुकामको पालिका दशरथचन्द नगरपालिकाको कांग्रेस सभापतिमा भुवन राज भट्ट प्यानल सहित बिजयी भएका छन्। उपसभापतिमा सुरज बहादुर चन्द र हरीश राम टमटा निर्वाचित भएका छन्। सचिवमा श्याम बहादुर चन्द र गणेश सिंह थापा सहसचिवमा उत्तम राज जोशी र राजेन्द्र बडु बिजयी भएका छन्।
पुर्चौडी नगरपालिकाको कांग्रेस सभापतिमा गणेश सिंह गडाल बिजय भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानलसहित बिजयी भएका छन्। मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन्। उपसभापतिमा भरत सिंह पुजारा रराजबहादर चन्द बिजयी भएका छन्।
यसैगरि सचिवमा अशोक बिष्ट र सुरेन्द्र भट्ट तथा सह सचिवमामहेश दत्त भट्ट र लक्ष्मण पोखे्रलले बिजयी भएका छन्। जिल्लाको सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन्। उपसभापतिमा सुमित्रा ऐर र धन बहादुर साउद वियज भएका छन्। सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी तथा सह सचिवमा गोविन्द अवस्थी र प्रकाश जोसी बिजय भएको युवा नेता केदार अवस्थीले बताए। यसैगरि जिल्लाको डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोसी निर्वाचित भएका छन्।
यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत डडेल्धुरामा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन भएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशन सम्पन्न भएको हो। अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ। बाँकी पाँच वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेसन भएको छ। अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट निर्वाचित हुनुभएको छ।
शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो। त्यस्तै जिल्लाको नवदुर्गा गाँउपालिकामा भोजराज भट्ट गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। भने उहाँसंगै पुरै कार्यसमिति सर्वसम्मत चयन भएको अधिकृत बमले बताउनुभयो ।
अजयमेरु गाँउपालिकामा टेकराज पाण्डेय ८४ मतसहित गाँउपालिका सभापतिमा निर्वाचित हुनुभएको छ । सचिवमा देबराज पनेरु विजय भएका छन्। परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी एक सय ४८ मत सहित बिजयी हुनुभएको छ। त्यहा जम्मा २०० मत खसेका थिए।
गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की निर्वाचित भएका छन्। आलितालमा चन्द्रदेब बोहरा गाँउपालिका सभापतिमा विजय भएका छन्। भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका छन्।
त्यस्तै कञ्चनपुरका ९ वटै स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लामा शनिबार गाउँ–नगर अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर बिष्ट, वेदकोट नगर समितिमा तुलाराम साहु र भीमदत्त नगर समितिमा अच्युतराज कलौनी सभापतिमा निर्वाचित भएका छन्।
त्यस्तै कृष्णपुर नगर समितिमा विष्णु खड्का, शुक्लाफाँटा नगर समितिमा दानबहादुर ऐर र दोधाराचाँदनी नगर समितिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा निर्विरोध नगर सभापतिमा चयन भएका बताइएको छ।