आज  तिहारको दोस्रो दिन; कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै

दार्चुला । आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ ।पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ ।विधान अनुसार लक्ष्मीपूजा औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ । त्यस्तै आइतबार बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गर्न लागिएको हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ ।औँसीको दिन साँझमा दीपावली गर्दै ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्छ । सफा र उज्यालो स्थानमा लक्ष्मीले प्रवेश गर्ने मान्यता अनुसार घरका आँगन, कोठा तथा वरिपरि सफा गरि घरलाई फूल तथा बत्तीहरुले सिँगारिन्छ ।साथै घरको मूल ढोकाबाट पूजा कोठासम्म लक्ष्मीको पाइला बनाएर दीपावली गर्दै दियो, कलश, गणेशको पूजा गरि गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर लक्ष्मी देवीको पूजा गरिन्छ ।लक्ष्मी पूजाको दिन छोरी–चेलीहरुले समुह बनाएर भैली खेल्ने परम्परा छ । यस दिन भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.