भोलि रैत्यौडाको लटिनाथ मन्दिरमा जात्रा, पर्सि मालिकार्जुन माविले दियो स्थानीय बिदा

दार्चुला : कात्तिक शुक्ल पक्षको सप्तमी तिथिमा लाग्ने महाकाली नगरपालिका–७ धापस्थित रैत्यौडा जात्रा भोलि (मंसिर ३ गते) लाग्दैछ । रैत्यौडाको लटिनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा महाकाली नगरपालिका–७ स्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालय धापले मंसिर ४ गते सार्वजनिक बिदा दिएको छ ।

प्रसिद्ध एवं ऐतिहासिक धरोहरका रुपमा चिनिदै आएको लटिनाथ मन्दिर रैत्यौडामा लाग्ने रात्रीकालिन जात्रालाई मध्यनजर गर्दै मालिकार्जुन नमुना मावि धापले एक दिन स्थानीय बिदा दिएको विद्यालयका सहायक प्रशिक्षक एवं त्यस क्षेत्रका स्थानीय पंकज रैखोलाले जानकारी दिए । भोलि लाग्ने रैत्यौडा लटिनाथ मन्दिरको जात्रामा पाल्न हुन सम्पूर्ण भक्तजनहरुलाई मन्दिर व्यवस्थापन समितिले निमन्त्रण गरेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.