दलित महिला संघ दार्चुलाकी अध्यक्ष बिक रमादेवी पन्त सामाजिक सम्मान पुरस्कारबाट सम्मानित

दार्चुला : दलित महिला संघ दार्चुलाका अध्यक्ष लक्ष्मी बिकलाई श्रीमती रमादेवी पन्त सामाजिक सम्मान पुरस्कारबाट सम्मानित गरिएको छ । शनिवार नेपाल साँस्कृतिक संघ कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा डा. यादवप्रसाद पन्तको ९९ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा डाक्टर यादव प्रसाद अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले अध्यक्ष बिकलाई सम्मानित गरेको हो ।

डा. यादव प्रसाद पन्तको ९९ औँ जन्मजयन्ती समारोहको अवसरमा एक कार्यक्रमका बीच सदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी बिकलाई नगद रु २५ हजारसहित सम्मानित गरिएको छ । सीमान्तकृत दलित समुदायलाई गरेको सामाजिक सहयोगको उच्च मुल्याङ्कन गर्दै दलित महिला संघ दार्चुलाका अध्यक्ष बिकलाई सम्मानित गरेको प्रतिष्ठानकी अध्यक्ष मीरा अज्र्यालले जानकारी दिए । बिकले दलित महिला उत्थान तथा सशक्तिकरणका क्षेत्रमा काम गरेकी थिइन् ।

दलित समुदायलाई उद्यमशील बनाउन कृषिको व्यवसायीकरण र बजार व्यवस्थापनमा सहयोग गर्नुका साथै बाढी पहिरोबाट पीडितहरुलाई राहत समाग्री वितरण, दार्चुलामा बाढी, पहिरो पीडिहरुलाई खाद्यान्न तथा सामग्री वितरण, गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्यान्न तथा लत्ता कपडा वितरण गर्ने जस्ता सामाजिक कार्य गर्नुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा वरिष्ठ पत्रकार कुन्द दिक्षित, पूर्वगभर्नर डा. रत्नशमशेर राणालाई पनि अभिनन्दन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.