बैतडीको पुर्चौडीमा देउडा कार्यक्रम हुने

Krishna

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा देउडा कार्यक्रम हुने भएको छ । प्रगतिशिल युवा क्लव भटनाको आयोजनामा पुर्चौडी नगरपालिका–१ हाट कफलखाना गिरेगाडामा देउडा कार्यक्रमको आयोजना गरिएको हो । हरिबोधनी एकादशी मेलाको अवसरमा कफलखाना, गिरेगाडामा सँस्कृतिको जगेर्ना गर्ने अभिप्रायले देउडा कार्यक्रमको आयोजना गरिएको आयोजक प्रगतिशिल युवा क्लव भटनाका अध्यक्ष करन प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार देउडा कार्यक्रम २ दिन हुनेछ ।

विगत केही वर्ष यता पुर्चौडी नगरपालिकाभित्र खेलकुद र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको यो क्लवले अहिले नगरपालिकासँग समन्वय गरी आर्थिक सहयोगमा स्थानीय सँस्कृतिको उत्थानको लागि देउडा कार्यक्रम गरिरहेको अध्यक्ष भट्टले बताए । मंसिर ५ र ६ गते हुने देउडा कार्यक्रमका लागि मंसिर ४ गते अप्राहन्न ५ बजेसम्म टिम दर्ता गराइसक्नु देउडीयाहरुलाई अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.