आज २०८० मंसिर ९ गते शुक्ल त्रयोदशीका दिन मालिकार्जुन शैल्यशिखर पर्वत शिखर धुरा पूजन जात्रा आजको दिन चोखो भोकोभइ पवित्र मनले शैल्यशिखरमा विराजमान मालिकार्जुन स्वामीको पूजापाठ तथा दर्शन गर्नाले मनले चिताएको पुराहुने जनविश्वास रहेको छ । मंसिर शुक्ल त्रयोदशी र चतुर्दशीका दिन लाग्ने शिखर जात्रा र मडको जात्रामा भारतको टाढाटाढाबाट र नेपालका विभिन्न ठाउँहरूबाट दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । आज शिखर पूजन जात्राको उपलक्ष्यमा थोरै मालिकार्जुन स्वामीको महिमा तथा संक्षिप्त इतिहास उल्लेख गर्नु सान्दर्भिक ठानेको छु ।
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं।(३ मडमा मालिकार्जुन स्वामी विराजमान हुनु हुन्छ । मालिकार्जुनको बारेमा चित्रण गर्दैगर्दा मालिकार्जुन को हुन र मालिकार्जुन नाम कसरी रहन गयो भन्ने जिज्ञासा पाठकलाई हुनु स्वभाविक नै हो । पाठकको जिज्ञासालाई ध्यानमा राखी मालिकार्जुन नाम कसरी रहन गयो भन्ने कुरा यस लेखमा समेट्नु सान्दर्भिक हुन्छ ।
स्कन्द पुराणमा अर्जुन पर्वतको बारेमा उल्लेख गरिएको पाइन्छ । हालको महाकाली नगरपालिकाअन्तर्गत दत्तु र धापको टुप्पो, मालिकार्जुन गाउँपालिका अन्तर्गत मडको टुप्पो र शैल्य शिखर नगरपालिका अन्तर्गत ग्वानीको चुचुरो (टुप्पो) शिखर रहेको करिब १२र१५ किलोमिटर को दुरीमा फैलिएको लामो नागबेली आकारका बलशिखर, न्वालपानी, मौतामौती समेतका शिखरहरुको मिश्रित रुप नै पौराणिक अर्जुन पर्वत हो । यस्ता पौराणिक घटना र हालको अवस्थितिले पौराणिककालमा यस क्षेत्रमा मानव बसोबास क्षेत्र रहेको र ऋषिमुनिहरुको तपोभूमि र देवताहरुको निवास स्थलको रुपमा देवभूमि रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । भगवान शिव मालिकार्जुन अवतारको रुपमा यस क्षेत्रमा बिराजमान रहेको कुरा स्कन्द पुराण मानसखण्डले पनि पुष्टि गरेको छ । यस पर्वतमा शिवरुपी अर्जुनले बास गरेकोले यस पर्वतलाई अर्जुन पर्वत भनियो । यसै पर्वतमा पार्वती रुप मालिकादेवीको समेत बास भएकोले अर्जुन र मालिकाको योगले यस क्षेत्रलाई मालिकार्जुन भनिएको हो ।
मालिकार्जुन मन्दिरको बारेमा वर्णन गर्दैगर्दा पूर्णागिरी माता मन्दिरको झझल्को आइरहेको छ । पूर्णागिरी माताको दर्शन गर्न जाँदा जति उचाइ चढ्नु पर्छ, सायद मडबाट अर्जुन पर्वत (शैल्यशिखर पर्वत धुरा) पुग्न पनि उति नै दुरी र समय लाग्छ होला । मडमा अवस्थित मालिकार्जुन मन्दिरबाट करिब दुई अढाई घण्टाको पैदल यात्राको उचाइ पार गरेपछि शैल्यशिखर धाम शिखर धुरामा पुगिन्छ । तथापि मैले भने शैल्यशिखर धाम शिखर धुराको दर्शन गर्ने अवसर जुराउन सकेको छैन । द्वितीय ज्योतिर्लिङ्ग मालिकार्जुनको मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्टि भएको पाइन्छ । त्यहाँबाट सौराष्ट्र प्रदेश हुँदै कत्युर, गढवाल, कुमाऊँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरिएको छ । भारतमा भइरहेको धार्मिक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ति त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए । स्थानान्तरण हुँदै जाने क्रममा भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य मालिकार्जुनको भक्ति गाथाहरुबाट स्पष्ट हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको हालको लेकम गाउँपालिकाअन्तर्गत रिठाचौपाता आई रिठा भन्ने ठाउँमा बास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको भन्ने मालिकार्जुनको झोडोमा उल्लेख छ ।
श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणीय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुहुँको हुतीमा समेत बास बसेको मालिकार्जुनको भक्ति गाथाहरुमा उल्लेख गरिएको छ । श्री मालिकार्जुन ज्योर्तिलिङ्गको स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुन श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतिगानमा उल्लेख भएको पाइन्छ । मालिकार्जुनको धाम मालिकार्जुन गाउँपालिका र शैल्यसशिखर नगरपालिकाको वडा नम्बर (६ ग्वानीको बिच माथि शिखरधुरामा पर्दछ । आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । उनका अन्य साथीहरू प्रभुको ज्योर्तिलिगंको खोजीका क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए । तर, कहीं कतै पनि आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि उनीहरु भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राति सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाइ बसेको बताए । भगवानले सपनामा अभयराज पाण्डेयलाई भनेछन्, हे भक्तराज तिमी एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको सुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्नु । बाघले तिमीलाई म कहाँ पु(याउने छ ।’
त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युँझी हेर्दा बाहिर उज्यालो भएको देखिन्छ । सपनीमा भने जस्तै वहाँको अगाडि प्रभुले खुट्टामा निङालाको सुरा भएको बाघ पठाइदिन्छन् । बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पु(याउँछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग भेटाउँछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले आकाशवाणी सुन्छन् । महाराज मालिकार्जुनले अभयराजलाई भने, हे भक्तराज मेरो स्थायी वसोवास अबदेखि यहीं नै हुनेछ, अबदेखि तिमी यहीं आएर मेरो पुजन र दर्शन गर्न सक्छौ । अरु भक्तजनहरूलाई पनि यहीं आउन भनिदिनुू भन्दै आकाशवाणी बन्द हुन्छ ।
यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिङ्ग खोज्दै हिडेका अन्य भक्तहरू भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ गाउँ मान्छे पठाएछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहीं पुजापाठ गर्नुपर्ने सन्देश दिन्छन् । साँच्चिकै शिखर पर्वतमा रहेको शिलाभित्रको अदृश्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ, जसको बयान गर्न प्रयाप्त शब्दहरू नै छैनन् । मसंग भक्तिभाव र सर्मपण छैन, त्याग, तपस्या र साधना पनि छैन् । यसरी मैले आफ्नो त्याग, तपस्या र संकल्प बिना मालिकार्जुन स्वामीको बारेमा प्रशंसा गर्दा मालिकार्जुन स्वामीको अपमान गरेको ठहरिने छ । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिक कालदेखि हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशीका दिन विधि अनुसार पूजा अर्थात पुजन, दर्शन गर्ने गरिन्छ ।
शैल्यशिखर मालिकार्जुन मन्दिर मडमा अषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशी बाहेक धार्मिक, सांस्कृतिक रीतिरिवाज तथा परम्परा अनुसार प्रत्येक बर्ष गोंरा, खेडी लगायतका चाडपर्वहरू पनि हुने गर्दछन् । गोंरा, खेडी, जातमा विभिन्न ठाउँबाट हजारौंको संख्यामा मानिस (भक्तजन) हरू जम्माभई भव्य मेला लाग्ने गर्दछ । मालिकार्जुन मन्दिरमा रात्रीकालिन जात ९मेला० हुने गर्दछ । जातमा मालिकार्जुन गाउँपालिका बाहेकका अन्यत्र ठाउँहरू ९महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, लेकम गाउँपालिका, मार्मा तथा भारतको बालुवाकोट, जौलजिबी, डिडीहाट, पिपली, धारचुला लगायतका ठाउँहरूबाट भक्तजनहरू मेला ९जात० भर्न आउने गर्दछन् । मैले जात गोंराको बारेमा चित्रण गर्दैगर्दा पाठकहरूलाई मालिकार्जुन मन्दिरको अवस्थितिको बारेमा पनि कौतुहलता पैदा हुन सक्छ । मालिकार्जुन मन्दिर एक सुन्दर रमणीय स्थानमा रहेको छ । शैल्य शिखर पर्वत ( धुरा) को काखमा अवस्थित मन्दिरको बीचमा गजुर प्रायस् चारैतिर वनजंगलको हरियालीले शोभा बढाएको छ । मन्दिर परिसरको सिमलगैर सम्म यातायातको पनि राम्रो सुविधा छ । यातायातको सुविधाले गर्दा टाढा टाढाबाट आउने भक्तजनहरूलाई अझै सुनमा सुगन्ध थपिएको छ । मन्दिर परिसरको छेउछाउमा सुविधा सम्पन्न होटल, रेष्ट्रुराहरूले अझ नवआगन्तुक पाहुना भक्तजनहरूलाई थप टेवा पु(याईरहेको कुरालाई पनि नकार्न सकिँदैन ।
जातमा टाढा टाढाबाट दमाहा, झ्याली, वेकुल ९विगल०, भाकल सहितका केही मूर्तिको साथमा नवतन्नेरी युवाहरू दमाहा, झ्याली, विगुलको संगीतमय धूनमा रमाउँदै नाच्दै, गाउँदै, बजाउँदै जात लगेर मन्दिरमा जाने गर्दछन् ।

दार्चुला जिल्लाको हुनैनाथ, मालिकार्जुन, लटिनाथ, बालिचन, केदार, बैजनाथ, भगवती आदि प्राचीन धार्मिक मन्दिरहरूमा भक्तिभाव पूर्वक चढाइएका सामानहरू मन्दिरका गहना जस्तै हुन । यी सामानहरूमा विभिन्न मुर्तिहरू, दमाहा, झ्याली, भोकर, विगुल, घण्ट, त्रिशूल, मयुर पंखी, चौरीगाईको पूछ, डोली, तापदानी, छात, छडी, नरसिंह बाजा, गडुवा, देव सिंहासन, पानस, पगरी, भाला, शंख, कलस, तामाको गाग्री, कुणेलो, आदि रहेका छन् ।
मैले जात गोंरा लगायतका विभिन्न धार्मिक तथा चाडपर्वहरू , रीतिरिवाजहरूको बारेमा चित्रण गर्दैगर्दा पाठकहरूलाई मालिकार्जुन मन्दिरको अवस्थितिको बारेमा पनि कौतुहलता पैदा हुन सक्छ । मालिकार्जुन मन्दिर एक सुन्दर रमणीय स्थान ूमडू भन्ने ठाउँमा रहेको छ । मालिकार्जुन मन्दिर अवस्थित मड गाउँ कसरी रहन गयो भन्ने सन्दर्भमा मठ मन्दिर भएको ठाउँ प्राचीन कालमा मडलाई मठ गाउँ भनिन्थ्यो । पछि मठ शब्द अप्रभंश भएर मड भएको हो । हाल उक्त ठाउँ मड गाउूँ नामले नै प्रचलित छ । शैल्य शिखर पर्वत (धुरा) को काखमा अवस्थित मन्दिरको बीचमा गजुर प्रायस् चारैतिर वनजंगलको हरियालीले शोभा बढाएको छ । मन्दिर परिसरको सिमलगैर सम्म यातायातको पनि राम्रो सुविधा छ । यातायातको सुविधाले गर्दा टाढा टाढाबाट आउने भक्तजनहरूलाई अझै सुनमा सुगन्ध थपिएको छ । मन्दिर परिसरको छेउछाउमा सुविधा सम्पन्न होटल, रेष्ट्रुराहरूले अझ नवआगन्तुक पाहुना भक्तजनहरूलाई थप टेवा पु(याईरहेको कुरालाई पनि नकार्न सकिँदैन ।
जातमा टाढा टाढाबाट दमाहा, झ्याली, वेकुल (विगल) भाकल सहितका केही मूर्तिको साथमा नवतन्नेरी युवाहरू दमाहा, झ्याली, विगुलको संगीतमय धूनमा रमाउँदै नाच्दै, गाउँदै, बजाउँदै जात लगेर मन्दिरमा जाने गर्दछन् ।

लेखक मान सिंह धामी (भौनबाटी)
उप -प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना
मालिकार्जुन गाउँपालिका -४ हुनैनाथ गोठ्युडी
(दार्चुला)
स्रोत सामाग्री –
काशीदत्त भट्ट ९२०४३० मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार स् फैन्डस प्रिन्टिङ प्रेस ।
इश्वरदत्त बडु ९२०७१० दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने।स। वि।वि। शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
दयाकृष्ण पन्त ९२०६७० दार्चुलाको इतिहास महेन्द्रनगर ।
धामी, राजेन्द्र, दामोदर ९२०७८०, आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर, दार्चुला ।
