मालिकार्जुन जात्रामा मदिरा निषेध, झोलासमेत प्रहरीले ‘चेक’ गर्ने

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आइतवार रात्रिकालिन जात्रा लाग्दैछ । कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रालाई जिल्लाकै ठूलो जात्राका रुपमा लिइन्छ । जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले जात्रा हुनुभन्दा तीन दिन अगाडी देखि नै विक्रीवितरण तथा सेवन नगर्न÷नगराउन सचेत गरिरहेको छ । जात्रा हुने भूगोललाई मध्यनजर गर्दै त्यस क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहले बताए ।

उनका अनुसार जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने र सेवन गरेकाहरुलाई नियन्त्रणमा लिइ कारबाही गरिनेछ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास÷निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने जनाएको छ । शंकास्पद महिला तथा पुरुषका झोला चेकजाँच गरिने बताइएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) खटिनेछन् । जात्रा सुरक्षार्थ २ सय जति सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

६ प्रहरी निरीक्षकसहित १ सय ३७ प्रहरी सुरक्षामा खटिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले बताए । सादा पोसाकका प्रहरी र ट्राफिक प्रहरी पनि खटिनेछन् । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ६० जना सशस्त्र प्रहरी खटिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.