काठमाडौं- देशमा संघियता लागू भएको लामो सय बितिसकेको छ । तर संघियताको मर्मअनुरुप जनताको सबै भन्दा नजिकको सरकार मानिएको स्थानिय सरकारमा कर्मचारी अभावको समस्या अझै हट्न सकेको छैन् । देशभरका ७ सय ५३ वटा पालिकाहरु मध्ये धेरै जसो पालिकामा कर्मचारीको अभाव रहेको छ ।
जस कारण एक जना कर्मचारीले धेरै काम गर्नुपर्ने बाध्यात्मक अबस्था रहेको छ । कर्मचारी सरुवा बढुवाको जिम्मेबारी संघ र प्रदेश सरकारलाई दिइएको भएपनि धेरै जसो स्थानिय तहमा कर्मचारी बिहिन जस्तै बनेका छन । संघिय सरकारको असहयोगका कारण स्थानियतहमा कर्मचारी अभाव हुने गरेको स्थानिय तहका जनप्रतिनिधिहरु बताउँदै आएका छन् । बिषेशत दुर्गम क्षेत्रका स्थानिय तहहरुलाई बेला बेलामा कर्मचारी अभाव बढी हुने गरेको छ । दुर्गम क्षेत्रमा कहा कतैबाट कर्मचारी पठाएपनि हप्ता दिन भन्दा बढी नटिक्ने गुनासो बढिरहेको छ ।
बढीजसो कर्मचारीहरु पावर र पहुचको भरमा कर्मचारी सरुवा हुने गरेको स्थानियतहका प्रमुखहरुको भनाई छ । कर्मचारी पठाउन आलटाल गरेको आरोप संघिय सरकारलाई लागेको छ । बैतडिको डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकिय देखि वडाका सचिव समेत छैन । प्रमुख प्रशासकिय नहुादा चालू आर्थिक बर्षको छैंटौं महिना सुरु हुँदासम्म पनि डिलाशैनी गाउँपालिकामा कुनै कम पनि भएको छैन ।
गाउँपालिकामा प्रमुख प्रशासकिय नहुदा काम हुन नसकेको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए । प्रमुख प्रशासकीय अधिकृतका लागि पटक पटक संघीय सरकारसँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको अध्यक्ष जोशीको भनाइ छ । जोशी भन्छन् ‘प्रमुख प्रशासकीय अधिकृतकै लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मात्रै ६/७ पल्ट धाइसकेँ । हामीले गर्नसम्म प्रयास गरेका छौँ, तर पनि कुनै सीप चलेन ।’
भदौ महिनामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका रन्जय पटेल गाउँपालिकामा ७ दिन मात्रै बसेर सरुवा भए । ‘संघीय सरकारको लाचारीका कारण हामीले कर्मचारी पाउँदैनौँ’, जोशीले भने, ‘समयमै काम हुन नसकेपछि जनताबाट अपजस हामीले पाउनु पर्छ ।’ उनले आफूहरूलाई काम गर्ने इच्छा हुँदाहुँदै पनि संघीय सरकारले हात बाँधेर राखेको बताए ।
उनलाई मन्त्रालयले असोज १८ गते सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको अध्यक्ष जोशी बताउँछन् ।
‘ उक्त गाउँपालिकाका चार ओटा वडाहरुमा पनि सचिव छैन । वडा न. १, २, ३,७ न. वडाहरुमा सचिव नभएको गाउँपालिका अध्यक्ष जोशीले बताए । उक्त वडाहरुमा प्राबिधिकको भरमा काम गरिरहेको जोशीले बताए ।