दार्चुला- नेकपा एमालेका नेता ईश्वर पोखरेलले दार्चुला जिल्लाको विकासमा एमाले प्रतिबद्ध रहेको बताएका छन् । उनले दार्चुला जिल्लाको समग्र विकासका लागि एमाले बाहेक अरुको बिकल्प नरहेको बताएका हुन् ।
नेकपा एमालेको जिल्ला कमिटि दार्चुलाको नवौं जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै समग्र दार्चुलाको बिकासका लागि नेकपा एमाले लागि परेको बताए । चिनसंग जोडिएको दार्चुलाको टिंकर नाका खोल्नका लागि नेपाली सेना मार्फत नेकपा एमालेको सरकार भएको पाला काम अगाडि बढेको नेता पोखरेलको भनाई छ ।
पार्टीका बरिष्ठ उपाध्यक्ष समेत रहेका नेता पोखरेलले दार्चुला पुगेर गठबन्ध सरकारको कटाक्ष गर्दै भारतले मिचेको भुमि कालापानी र लिम्पियाधुरा सहितको चुच्चे नक्सा सार्वजनिक गर्नमा एमालेको सरकारले महत्पुर्ण भुमिका खेलेको बताए । नेकपा एमाले दार्चुला जिल्ला कमिटिका अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता पोखरेल प्रमुख अतिथी रहेका थिए ।
आज उदघाटन गरिएको अधिवेशनबाट जिल्लाको नयाँ नेत्रीत्व समेत चयन हुने छ । दार्चुला जिल्लाका जनताको बिचमा खुसियालि ल्याउने उद्देश्यका साथ सबैले एक ढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको एमाले जिल्ला कमिटि अध्यक्ष प्रेम सिंह धामीले बताएका छन् ।