बैतडीको डिलाशैनीकाे एक घरमा आगलागी

काठमाडौं- बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । शनिवार साँझ साढे ६ बजेतिर स्थानिय पुष्कर थलालको दुई तले अस्थायि कच्ची घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको हो ।

१ लाख ५० हजार नगद सहित एक तोला आठ आना सुन र ३५ हजार बराबरको अन्न र कपडा गरी पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले  जानकारी दिए ।

विद्युतको तार सर्ट भएर आगलागी भएको र घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।

Leave A Reply

Your email address will not be published.