Suvakamana

मालिकार्जुनमा निर्माणाधिन दश शैय्या असपताल भवनको काम अन्तिम चरणमा

काडमाडौं- दार्चुलाको मालिकार्जुन गाउँपालिकामा दश शैय्या अस्पतालको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा निमार्ण सुरु गरेको असपताल भवनको काम ९० प्रतिशत सम्पन भएको हो । मालिकार्जुन गाउँपालिका–८ भोरकोटमा बन्दै गरेको दश शैय्या अस्पताल निमार्ण कार्य सम्पन गर्न १० प्रतिशत काम मात्रै बाँकी रहेको गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिए ।

राजेन्द्र निर्माण सेवा दार्चुलाले निमार्ण गरिरहेको भवनको काम तीव्र रुपमा भईरहेको अध्यक्ष धामीले बताए ।

संघ सरकारको ७ करोड ३८ लाख लागतमा बन्न लागेको उक्त अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक वर्ष भित्र काम सक्ने गरि भवन निमार्ण कार्यलाई तीव्रता दिएको अध्यक्ष धामीले बताए । गाउँपालिकाका अनुसार रंगरोगन, विद्युतिकरण, घेरपर्खाल लगायतको काम मात्रै बाँकी रहेको छ । निर्माणधिन अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकावासीलाई उपचारमा सहज हुने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.