बैतडीमा राति पार्टी गर्ने भन्दै कुखरा चोर्ने ६ जना प्रहरीको फन्दामा

काठमाडौं- बैतडीमा राति पार्टी गर्ने भन्दै कुखरा चोर्ने ६ जना पक्राउ परेका छन्। राति पार्टी गर्ने भन्दै कुखुरा र मरमसला चोरी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कुखुरा फर्मबाट दुईवटा ब्रोइलर कुखुरा, खुर्सानी,टमाटर,अदुवा,प्याज,धनिया र मसला चोरी गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई चोरी गर्दै गरेको अवस्थामा प्रहरीले प्रक्राउ गरिएको थियो । तर उनीहरुको परिचय खुलेको छैन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.